बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ६५ वर्षिय हरि कुर्मीले गत तीन वर्षको कुरा सम्झिदां अलि भावुक भए , गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयर पदमा लड्का बिजय सरावगीलाई समर्थन गरेका थिए । मधेशी पार्टीबाट उम्मेदवार भएका निर्वतमान नगर प्रमुख बिजय सरावगीको अश्लिल अनुहार तीन वर्ष पछि मात्र हेर्न पाएको ६५ वर्षिय हरि कुर्मीले भन्नु भयो , उधोगपति तथा ब्यापारी बर्गबाट राजनितिकमा आएका सरावगीले बीरगंजको बिकाश गर्ला , बेरोजगार युवाहरुलाई रोजगार देलान भनेर बीरगंजवासीहरुले गत निर्वाचनमा मत दिई बिजयी गराएका हुन् । बिकाश र रोजगार दिने पर जाओस, आफु भन्दा ठुला मानिसहरुलाई ईज्जत दिन नसक्ने ब्यतिm हुन् बिजय सरावगी ६५ वर्षिय कुर्मीको भनाई रहेको छ । घरको सानो कामले महानगरपालिका जांदा ढोकाबाट नै हप्काएर पठाएका नगर प्रमुखको त्यो ब्यवहारले गर्दा अहिले सम्म मेरो मनमा ताजा रहेको हरि कुर्मीले भने , नगर प्रमुखले जनताको समस्या बुझी समस्या समाधान तर्फ लाग्नु पर्ने हो । तर निर्वतमान नगर प्रमुख सरावगीले जिदंगीभरी मेरो मनमा पिडा दिएका ब्यतिm हुन् । घरको नक्सा पास गराउनका लागी निर्वतमान सरावगीको कार्यकक्षमा जांदा फाईल अध्ययन नगरी दुब्र्यहार गरे , हिन्दी भाषामा बोल्दै सरावगीले आप लोग जैसा ईन्सान मेयरको परेशान करते हे , हमको कोही कामधाम नही हे क्या भाषा प्रयोग गरेको कुर्मीको भनाई रहेको छ । जसरी त्यसरी त नक्शा पास गरे तर आफनो अमुल्य मत दिई बिजयी बनाएको मेयरको भाषा मनमा अहिले पनि ताजा रहेको बताए । नगरवासीहरु संग मिठो बोल्न नसक्ने नगर प्रमुख बीरगंजको बिकाश कहिले पनि गर्न सक्दैनन् । यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा मेयर सरावगीलाई मेरो परिवारका सदस्यले कुनै हालतमा मतदान नदिने बीरगंज वडा नम्बर १६ निवासी हरि कुर्मीले भावुक भएर भनेका छन् । त्ससैगरी मधेशीपार्टी बाट गत निर्वाचनमा बिजयी भएका नगर प्रमुख सरावगीले बर्तमान परिस्थितीमा मधेशी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेर मधेशी पार्टीलाई मधेशको गद्दार भन्दै हिड्को सुन्दा नराम्रो लागेको बीरगंज सिर्सिया निवासी कैलाशले भने, आफनो स्वार्थको लागी मधेशी पार्टीको टिका टिप्पणी गर्दे चुनाव प्रसारमा हिड्का बिजय सरावगी आफै स्वार्थी ब्यतिm रहेको स्पष्ट देखिएको कैलाशले बताए । गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयर पदमा बिजयी भएका सरावगीले त्यसबेला नै मधेशी जनताहरुको मतले नै बिजयी भएका हुन् । अहिले मधेशी पार्टीलाई गद्दारको संज्ञा दिनु भनेको मधेशी जनता गद्दार रहेको सरावगीको भनाई रहेको कैलाशले भनेका छन् । स्वार्थी भएको हुनाले नगर प्रमुख हुदाँ सरावगीले बीरगंजको तिब्र गतिमा े बिकाश गरेनन् ।