सता गठबन्धनलाई स्थानिय तहको निर्वाचनमा कसैले हराउन नसक्ने नेपाली कांग्रेश पर्साका पुर्व सभापति अजय द्धिवेदीले दाबी गर्नु भएको छ । स्थानिय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवार मेयर पदका राजेश मान सिंह तथा उप मेयर ईम्तियाज आलमलाई गाउँ गाउँ शहरका स्थानिय वासिन्दाहरुले आफनो अमुल्य मत दिई भारी मतले बिजयी बनाउने पुर्व सभापति अजय दुवेद्धीको भनाई रहेको छ । बीरगंज महानगरपालिका वडा नम्बर ७ मा सम्पन्न भएको घरदैलो कार्यक्रममा सता गठबन्धनका नेता द्धिवेदीले गत पाँच वर्षको अवधिमा बीरगंजले बिकाश गर्न सकेको छैन् । बीरगंजको बिकाश सता गठबन्धन तर्फबाट मेयर र उप मेयर पदमा मनोनयन दर्ता गराएका राजेश मान सिंह र ईम्तियाज आलमले मात्र बिकाश गर्न सक्ने बताउंदै बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा गठबन्धन तर्फबाट मेयर पदमा छाता र उप मेयरमा रुख चिन्हमा मतदान दिई बिजयी गराउने नेता द्धिवेदीले आग्रह गर्नु भएको हो । जनताले गत वर्षको निर्वाचनमा मेयर पदमा निर्वाचन गराएको हो । दुर्भाग्यपुर्ण जनताको मत लिई बिजयी भएका मेयरले बिकाश नगरी भ्रष्टचारमा लिप्त हुदां बिकाश हुन नसकेको बताउंदै भ्रष्टचारको अन्त्य गरेर सुशासन कायम गरी समृद्ध बीरगंज निर्माणको लागी गठबन्धनको उम्मेदवार राजेश मान सिंह र उप मेयर ईम्तिाज आलमलाई जिताउन आग्रह गरेका छन् ।