यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा मेयर तथा उप मेयरहरु जनताहरुको घरदैलोमा पुगेर समस्याको बारेमा बुझन प्रयास गरीरहेका छन् । बीररगंज महानगरपालिकाको उम मेयर पदकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले नगर क्षेत्र एरिया लालपार्स, परसोतीपुर , कोनिया,बेलवा, पर्सेवा, चोर्नी लगायत वडाहरुका जनताहरु सँग भेटघाट गरी समस्याहरु ब्ुझीरहेकी छिन्
महिलाको समस्या बुझ्नका लागि भएपनि महिला निर्वाचित हुनुको विकल्प नभएकाले अरु दलहरुले महिलाको संवैधानिक अधिकार पनि कुण्ठित गरी पुरुषलाई उम्मेदवार बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले मिश्राको समर्थन जनाएका छन् ।
मिश्राले पनि वडाका महिलादेखि वृद्धवृद्धा एवम् सबै बर्गका समस्याहरु बुझेको बताउँदै आफुलाई गुलाफ चिन्हमा मतदान गर्न आग्रह गरेकी छिन् ।