गठबन्धनको तर्फ साझा उम्मेदवार राजेश मान सिंह यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा भारी मतले बिजयी हुने बीरगंज महानगरपालिका वडा नम्बर ३१ बेलवाका स्थानियहरुको भनाई रहेको छ । पाँच दलीय गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार राजेश मान सिंह अब बेलवाका नागरिकहरुको बिश्वास जितेको हुनाले बेलवाका स्थानियहरुले गठबन्धनलाई मत दिई बिजयी बनाउने बेलवाका स्थानिय जयनारायण यादबले भने, बेलवामा सिंहको रोड शोमा सहभागीहरुले गत निर्वाचनमा पराजय भएर पनि विभिन्न आपत विपतमा जनताकै सेवामा समर्पित भएका सिँह नै महानगरको मेयरका लागि योग्य व्यक्ति भएको बताएका हुन् ।
रोड शोका क्रममा बेलवाका बासिन्दासँग कुराकानी गर्दै मेयरका उम्मेदवार सिंहले अब भ्रष्टाचारी र घुसखोरीको समय सकिएको बताए । वीरगञ्जबासीलाई झुठा आश्वासन दिएर मधेशी जनताको मतबाट पदमा पुगेर अहिले मतको अपमान गर्दै मधेशविरोधी पार्टीमा प्रवेश गरेका व्यक्तिलाई अब जनताले विश्वास नगर्ने सिंहको भनाई छ ।
त्यसैगरी कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य जनत अन्सारीले महानगरको यसअघिका मेयरले विकास निर्माणको कुनै काम नगरेको र जनतालाई साढे ४ वर्षसम्म मुर्ख मात्र बनाएको आरोप लगाए । अन्सारीले भने, ‘यसअघिका मेयरले जनतालाई मुर्ख मात्र बनाएका छन् । कमिसनको चक्करमा विकास निर्माणको कुनै काम गरेनन् अहिले जनताले प्रश्न गर्दा प्रदेश र केन्द्रीय सरकारमाथि दोष थोप्दै छन् ।’
बेलवामा हजारौको उपस्थितीमा भएको रोड शोमा जसपाका नेता एवम् कार्यकर्ताहरुले सिंहको समर्थनमा नाराबाजी गरेका थिए । कार्यक्रममा जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।