यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचन बीरगंजको मेयर पदमा द्धिपक्षीय भिडन्त हुने भएको छ । जनताले अहिले सम्म स्थानिय तहको निर्वाचनमा सता गठबन्धन तर्फबाट बीरगंज महानगरपालिका मेयर पदका उम्मेदवार राजेश मान सिंहलाई जनताको भारी मत पाउने बिश्वास रहेको छ भने नेकपा एमाले पार्टीबाट मेयर पदका उम्मेदवार बिजय सरावगी पनि चुनावी मैदानको रेसमा रहेका छन् । चुनावी मैदानमा अग्रसर रहेका जनता समाजवादी पार्टीकाबाट नगर प्रमुखका उम्मेदवार राजेश मान सिंहलाई नेपाली कांग्रेश , माओवादी पार्टी , एकीकृत समाजवादी पार्टी लगायत अन्य दलको साथ रहेको छ । बीरगंजमा राजेश मान सिंह आफनो ब्यतिmगत छबी बनाएका नेता हुन् । भष्ट्रचार बिरुद्ध खरो रुपमा प्रस्तृत हुने, बीरगंजको बिकाशको लागी पटक पटक बीरगंज महानगरपालिकाका निवर्तमान बिजय सरावगीलाई ध्यानकर्षण गराएका नेता पनि हुन् । जनताहरुको बीचमा रहेर काम गदै आएका नेता सिंहले पहिलो चरणको कोरोना कार्यकालमा गरीब तथा असहाय ब्यतिmहरुलाई साहिब दरबार नामक संस्थानबाट लक डाउन भरी नि शुल्क भोजन बितरण गरेर निकै चर्चामा आएका ब्यतिm हुन् नेता राजेश मान सिंह , यही बैशाख ३० गते हुने लागेको स्थानिय तहको निर्वाचमा सता गठबन्धनका मेयर पदका उम्मेदवार राजेश मान सिंहलाई जनताहरुले बिश्वास गरेको देखिएको छ । जता त्यतै राजेश मान सिंहको नै चर्चा चलिरहेको छ । अहिले बीरगंज नगर क्षेत्रका वासिन्दाहरुले यसपालीको स्थानिय तहको निर्वाचनमा राजेश मान सिहको छाता छापमा मतदान दिने भन्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । बीरगंजको बिकाशका लागी राजेश मान सिंह मेयरमा आउनु पर्नैहरु युवाहरुको भनाई रहेको छ । पांच दलीय गठबन्धनका उम्मेदावर राजेश मान सिंहलाई सता गठबन्धन तर्फबाट पनि सहयोग मिलेको हुदां चुनावको मैदानमा राजेश मान सिंह एक नम्बरमा रहेका छन् । यसैगरी बीरगंज महानगरपालिकाका निर्वतमान मेयर एवम् नवप्रवेशी एमालेका नेता बिजय सरावगीका पार्टीले लोसपा, राप्रपा नेपाल, लगायत पार्टी सँग गठबन्धन गरी मेयर पदमा चुनाव लडीरहेका छन् । ४ वर्ष पाँच महिना मेयर पदमा रहंदा सरावगीले बीरगंजको बिकाश गर्न नसकेको आरोप लाग्दै आईरहेको छ । बीरगंजवासीहरुलाई निर्वतमान सरवागीले करमा बृद्धी गरेर जनताको ढाड सेक्ने बाहेक अन्य कुनै काम नगरेको हुनाले सरावगी प्रति अंसतृष्ट रहेका जनताहरुले नेकपा एमालेमा मत नदिने स्पष्ट देखीएको छ । रकमको भरमा जे पनि गर्ने सक्ने घमण्ड बोकेका सरावगीले जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्दा जसपाबाट निर्वाचित भएका वडा अध्यक्षहरुलाई लाखौ रुपैयाको प्रलोभन दिदां दुईजना बाहेक अन्य वडा अध्यक्षहरुले सरावगीको साथ नदिएको हुदां जसपा बीरगंजमा बलियो रहेको सन्देश दिएको छ ा गाउँ शहर शहरमा बिजय सरावगीलाई स्थानियहरुले यसपालीको निर्वाचनमा साथ नदिने प्रतिबद्धता जनाएका छन् । उधोगपति एवम् ब्यापारी पृष्ट भुमिबाट राजनितिकमा सक्रिय सरावगी बर्तमान परिस्थितीलाई हेर्दा चुनावी मैदानमा कमजोर देखिएका छन् ।