यही स्थानिय तहको निर्वाेचनमा जनताहरुले युवाहरुको काँधमा जिम्मेवारी दिएका छन् । स्थानिय तहको निर्वाचनमा अधिकांश युवाहरु बिजयी भएका छन् । देशमा युवाहरुले नै परिवर्तन गर्ने सक्ने आश लिएक जनताहरुले यही बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा २४ वर्षिय युवकलाई वडा अध्यक्षमा बिजयी गराएका छन् । बारा जिल्ला आर्दशकोलवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वामा बस्ने २४ वर्षिय युवक राज कुमार गुप्ता वडा अध्यक्षमा बिजयी भएका हुन् । नेकपा माओवादी पार्टीबाट वडा अध्यक्षमा निर्र्वाचित भएका गुप्ताले नेपाली कांग्रेशका उम्मेदवारलाई पराजित गरी बिजयी हासिल गरेका ब्यतिm हुन् । २४ वर्षिय गुप्ताले वडाको बिकाश गर्ने पटेर्वाका स्थानियहरुको भनाई रहेको छ ।