नाला अतिक्रमण गरेर निजी पर्खाल बनाएको भत्काएको छ । बीरगंजको आर्दशनगर स्थित रहेको उघोगी सुरेश गाडियाले नाला अतिक्रमण गरी बाउण्डी्र बनाएको वाल बीरगंज महानगरपालिकाले भत्काएको हो । महानगरपालिकाले पटक पटक मौखिक तथा लिखि रुपमा पत्र दिां पनि कुनै सुनवाई नभएपछि बाध्य भएर दियालो लर्डस र कैलाश होटल बिचमा रहेको नाला बीरगंज महानगरपालिकाका कर्मचारी तथा नगर प्रहरीले भत्काएको मेयर राजेश मान सिंहले बताउनु भएको छ । अतिक्रमण गरेर पर्खाल बनाएको जसरी पनि भत्काईने छ नगर प्रमुख राजेश मान सिंहले भन्नु भयो, नाला अतिक्रमण गर्न अधिकार कसैको छैन् । नालामा नै पर्खाल वा बाउण्डी्र निर्माण गरेपछि नाला सरसफाईमा ठुलो समस्या आउने बताउंदै बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले नाला अतिक्रमण गरेका पर्खाल भत्काईने बताउनु भयो । सुरेश गाडिया सँगै रमेश अग्रवाल र राजेश्वर प्रसाद साहले पनि नाला अतिक्रमण गरेका छन् । अग्रवाल र साहले अतिक्रमण गरेका नालामा निर्माण गरेको पर्खाल भत्काईने महानगरपालिकाको कर्मचारीहरुको भनाई रहेको छ ।