नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले संविधानको प्रभावकारी कार्यान्वयनले नै महिलाको हकअधिकार सुनिश्चित हुने दावी गरेकी छिन् ।
कांग्रेसको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय समितिद्वारा वीरगञ्जमा मंगलबारदेखि सुरु २ दिने महिला प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेतृ देउवाले महिला वर्ग सहित आम नागरिकको हरेक हक अधिकारका बिषयबस्तु नेपालको संविधानमा सुनिश्चित रहेको भन्दै संविधानको प्रभावकारी कार्यान्वयनले नै सबै नागरिकको अधिकार स्थापित हुने बताइन् ।
उनले आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा सत्ता गठनबन्धनका उम्मेद्वारको पक्षमा मतदान गर्न पनि सबैलाई आग्रह गरीन् ।
बर्तमान गठवन्धन सरकारले आम नेपाली र नेपालको पक्षमा राम्रा काम गरेको भन्दै उलने आउँदो निर्वाचनमा गठबन्धनका उम्मेद्वारको पक्षमा मतदान गरी बिजयी गराउन आग्रह गरीन् ।
नेृत देउवाले नेपाली राजनितिमा महिलाको खाँचो रहेको भन्दै चुलो चौकोमा मात्रै सिमित नभई राजनीतिमा सक्रिय हुन आग्रह पनि गरिन् । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको छ ।