बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न भएको एनबिआईको १६ औं वार्षिक साधारण सभाबाट बीरगंजका उधोगपति अशोक बैध राष्ट्रिय ब्यवसायिक पहल एनबिआईको सदस्यमा चयन हुनु भएको छ । एनबीआईको सदस्यमा चयन भएका बैध उधोग वाणिज्य संघ बीरगंजका पुर्व अध्यक्ष तथा बीरगंज महानगरपािलकाका सद्भावना दुत्सँगै नेपाल भारत सहयोग मञ्चका अध्यक्ष पनि हुन् । साधारण सभाबाट कुशकुमार जोशी अध्यक्ष पदमा पुन निर्वाेचित भएका छन् भने उपाध्यक्षमा सकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रबीर मालाकार , कोषध्यक्षमा दिपक मल्होत्रा लगायत कार्यसमिती सदस्यमा चयन भएका छन् ।