वीरगञ्ज – पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका रुपेशमान सिंहले लालटेन छाप चुनाव चिह्न पाएका छन् ।
सिंहलाई प्रमुख निर्वाचन अधिकृतको कार्यालय पर्साले लाल्टेन छाप चुनाव चिन्ह प्रदान गरेको हो ।
निर्वाचनको निर्धारित कार्यतालिका अनुसार उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने समय बुधबार साँझ ५ बजेदेखि ७ बजेसम्म रहेको थियो । कार्यालयले निर्धारित समयमा सबै उम्मेद्वारसँगै सिंहलाई पनि चुनाव चिह्न प्रदान गरेको हो ।
लामो समयदेखि समाज सेवामा सक्रिय सिंह यस पटक भने विधायकको चुनावमा उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् । पर्सा क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रुपेश मान सिंह युवाहरुले मात्र देशको बिकाश गर्न सक्ने भएकोले हुनाले आफु प्रदेश सभा सदस्यामा उम्मेद्वारी दिएको प्रतिक्रया दिर्दे
चुनाव चिह्न प्राप्त गरेसँगै उनले लालटेनको उज्यालो घरघरमा पुग्ने गरी चुनावी अभियान पनि अघि बढाउने बताउनु भएको छ ।