पर्सामा ६ जना उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि असोज २३ गते उम्मेद्वारी दर्ता गराएका ६ जनाले आफ्नो नाम उम्मेद्वारबाट फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेद्वारलाई निर्वाचन आयोगले बुधबार दिउँसो १ बजेसम्मको समय दिएको थियो । पर्सामा तोकिएको समयभित्र प्रतिनिधिसभातर्फका ४ जना र प्रदेशसभातर्फका २ जनाले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।
प्रतीनीधी सभा सदस्य तर्फ पर्सा क्षेत्र नम्बर १ मा २ जना मध्ये एक जना पार्टीका र अर्का एक जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै क्षेत्र नम्बर ४ बाट २ जनाले उम्मेदवारी फिर्ता लिएकोमा एक जना पार्टीका तर्फबाट अर्का एक जना स्वतन्त्र उम्मेदवारले आफ्नो नाम फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेश सभा सदस्य तर्फ पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (ख) का एक जना स्वतन्त्र उम्मेदवार र क्षेत्र नम्बर ३ को (क) का एक जना स्वतन्त्र उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका हुन् ।
प्रतीनीधी सभा सदस्य तर्फ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी शान्ति देवी खड्का र हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका नन्द किशोर श्रीवास्तवले नाम फिर्ता लिएका छन् ।
त्यस्तै क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका टेक बहादुर शाक्य र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका महमद कलिमले नाम फिर्ता लिएका हुन् ।
प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ को (ख) बाट स्वतन्त्र उम्मेदवार महमद फकिर देवान र ३ को (क) बाट स्वतन्त्र उम्मेदवार मनोज प्रसाद यादवले नाम फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।