पर्सा क्षेत्र नम्बर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंह दलीय उम्मेद्वारका लागि टाउको दुखाई बनेका छन् ।
सिंहको पक्षमा टोलटोलमा जनलहर उत्रेपछि दलका उम्मेद्वार कमजोर देखिएका हुन् । स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आग्रह गर्दै स्वस्फूर्त रुपमा मतदाताले अभियान नै चलाएपछि गठबन्धन बनाएर उठेका दलका उम्मेद्वार कमजोर देखिन पुगेका हुन् ।
मतदाताले चलाएको अभियान मंगलबार तेस्रो दिन पुगेको छ । मतदाताको घरदैलोमा पुग्ने क्रममा मंगलबार पनि वीरगञ्जको वडा नम्बर १ बजार छपकैयाँका मतदाताले ठाउँठाउँमा स्वागत गरेको देखियो ।
पार्टीका उम्मेद्वारबाट कुनै काम नभएकाले अब स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउन आफूहरु खुलेर लागेको मतदाताहरुले बताएका छन् ।
आज तेस्रो दिनको घरदैलो अभियानमा स्थानीय मतदातासँगै अग्रज, युवा, महिला एवं बुद्धिजिविहरुको सहभागिता थियो ।