लागु औषध खैरौ हिरोईन सहित तीन जना पक्राउ परेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भयो । भारतबाट नेपाल तर्फ पैदल आउंदै गरेको अवस्थामा बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्तm प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिकै पदैल नेपाल तर्फ आउंदै गर्दा एक युवकलाई नियन्त्रणमा लिई शरीर खानतलाशी गर्दा २० गा्रम खैरौ हिरोईन सहित पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय हरिओम महतो पक्राउ परेको प्रहरी नायब उपरिक्षक गिरीले बताउनु भएको छ । पक्राउ परेका महतोलाई प्रहरीले अनुसन्धान गर्दै जाँदा लागु औषध खैरौ हिरोईन खरिद गर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने २६ वर्षीय प्रमेश्वर साह र हेटौडा उपमहानगरपालिका वडा नम्बर २५ बस्ने २६ वर्षीय युगेन लामालाई बीरगंजको बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई लागु औषध मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको प्रहर िनायब उपरिक्षक गिरीले भन्नु भयो ।