सडक अतिक्रमण गरी बनाइएका संरचना बीरगंज महानगरपालिकाले हटाउन लगाएको छ । महानगरका नगर प्रमुख राजेश मान सिंह आफै उपस्थित भएर बीरगंजको रजत जयन्ती चौक देखी बाईपास सडक क्षेत्रमा सडक पेटीमा राखेका निर्माण सामाग्रीहरु हटाईएको हो ।
आइबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि मेयर सिंहसहित वीरगञ्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, , लगायतको सहभागिता रहेको थियो ।