वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नका अनुगमन गरेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरुले पठन पाठन छात्र र छात्राहरुmाई गुणस्तरीहीन शिक्षा दिई रहेको अभिभावकहरुको गुनासो बढ्न थालेपछि मेयर सिंहले विद्यालयको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा मेयर सिंहले घण्टाघर नजिकै रहेको नेपाल रेल्वे मा.वि.को अनुगमन गरेका छन् । एक घण्टा अनुगमन गरेका नगर प्रमुख सिंहले सामुदायिक विद्यालयको शैक्षिक अवस्था गुणस्तरीय र विश्वसनीय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै सिंहले विद्यालयको कक्षाकोठामै पुगेर विद्यार्थीसँग पढाईका बारेमा जानकारी लिएका छन् । अधिकांश छात्र र छात्राहरुले रेल्वे माबीमा गुणस्तरीहीन पढाई रहेको , परिक्षा शुल्क लिने गरेको र समयमा शिक्षकहरु नआएको हुनाले पढाईमा पनि समस्या भएको गुनासो गरेका छन् ।
अनुगमनमा पुगेका मेयर सिंहले आफूसँग कुनै डर नमानी समस्या राख्न भनेपछि विद्यार्थीहरुले विद्यालयको झ्याल ढोका ठिक नभएको देखि शौचालयको समस्यासम्म सुनाउन भ्याए । कक्षामा अध्यापनका क्रममा शिक्षकहरुले मोवाइलमा कुरा गर्ने गरेको पनि खुलाए ।
त्यस्तै छात्राहरुले अझैसम्म पनि विद्यालयमा प्याड उपलब्ध नभएको भन्दै छिटो व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । जवाफमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले अबको २÷३ दिनभित्रै हरेक विद्यालयमा प्याड उपलब्ध हुने गरी व्यवस्था मिलाइएको बताए ।
मेयर सिंह, प्रमुख प्रशासकीय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टार पनि चेकजाँच गरेका छन् ।
शिक्षकहरुको लागि विद्युतिय हाजिरी सञ्चालन गर्न र समयमा कक्षाकोठामा नपुग्ने शिक्षकलाई कारवाही गर्न मेयर सिंहले निर्देशन दिनुभयो ।