बारा प्रहरीले अबैध लागु औषध गाँजा खेतीको फडानी गरेको छ । बिशेष सुचनाको आधारमा बाराका प्रहरी उपरिक्षक होगीन्द्र बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १२ कुलिया लागु औषध गाँजाको खेतीको फडानी गरेको हो । प्रहरी निरीक्षक संजिब ओली कमाण्डमा १० जना खटिएको प्रहरीले १८ कठामा लगाएको अबैध गाँजाको खेती नष्ट गरेको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो ।