बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकद्धारा जारी चालु पुर्जी कर्जा निर्देशिका २०७९ बिरुद्ध गर्दे उधोग वाणिज्य संघ बीरगंज आंदोलनमा उत्रिएको छ । आंदोलनको पहिलो दिन उधोग वाणिज्य संघको भवन र नेपाल राष्ट्र बैंकको गेट अगाडी बिभिन्न नारा सहित लेखीएको ब्यानर झुण्डाएर बिरोध प्रर्दशन गरिएको हो । नेपाल राष्ट्र बैंकको चर्काे ब्याजका कारण बजार ब्यवसाय नै धराप हुने भएको हुनाले उधोगी एवम् ब्यवसायी सहित उधोग वाणिज्य संघ आंदोलनमा उत्रिएको छ । १३ गते नेपाल राष्ट्र बैंक अगाडी धर्ना दिने र १४ गते उधोगी ब्यवसायीहरुले बिशाल जुलुश प्रर्दशन गर्ने , नेपाल राष्ट्र बैंकले आपनो निर्णय सच्चाउनका लागि दबाब दिनका लागि बिरोध कार्यक्रम गरिएको संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले भने, नेपाल उधोग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले बिरोध कार्यक्रमलाई सम्बोधन गर्दे मौद्रिक निती उधोगमैत्री बनाउनु पर्नेमा जोड दिनु भएको थियो । नेपाल राष्ट्र बैंकको निर्णय प्रति बीरगंजका ब्यवसायी एवम् उधोगीहरुले ब्यपसायीक प्रतिष्ठान अगाडी मौद्रिक नितिको बिरोधमा ब्यानरहरु झुन्डाउने भएका छन् ।