पर्सा प्रहरीले भारतीय मोबाईल सहित एक युवकलाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर ८ लिंक रोड नजिक भिभा कम्पनीको मोबाईल ४८ थान सहित बीरगंज वडा नम्बर ७ बस्ने ३० वर्षिय रोशन जाटीयालाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भएको छ । पक्राउ परेका जाटियाले भारतको रक्सौलबाट मोबाईल खरीद गरी भन्सार छली गरेर नेपाल भित्राएको अवस्थामा पक्राउ परेका छन् । पर्सा प्रहरीले भारतीय मोबाईलको ३ लाख ८२ हजार रुपैया मुल्यांडन गर्दे रोशन जाटियालाई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भयो ।