उपप्रधान मन्त्री एवम् गृहमन्त्री रबि लामिछानेको नागरिता र पासपोर्ट छानबीका लागि सर्वाेच्च अदालतमा रिट परेको हो । नेपाल सरकारले रबि लामिछानेको नागरिता र पासपोर्ट छानबीनका लागि गुह मन्त्रालयलाई पत्रचार समेत गरेको थियो । उनको नागरिता सम्बन्धी गृहले अनुसन्धान थालेको पनि हो । गृह मन्त्री लामिछानेले अमेरिकाको नागरिता लिँदा नेपालको नागरिता स्वत खारेज भएको , तर अमेरिकाको नागरिता त्याग गरेपनि नेपाली नागरिता लिने प्रक्रिया अगाडी नबढाएको भन्दै रबि लामिछाने बिरुद्ध नेपाली नागरिक नभएको हुनाले संसद पद खारेजको माँग गर्दै सर्वाेच्च अदालतमा रिट समेत परेको छ । गृह मन्त्री रबि लामिछाने नागरिता बिरुद्ध सर्वाेच्च अदालतमा रिट परेपनि निर्वाेचन आयोगले संसद पदमा निर्वाेचत भएका लामिछानेलाई संसद पदको लागि शपथ लिनका लागी बाटो खोलेको थियो । नागरिता काण्डमा मुछिएका रबि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीको शपथ लिएको केही बेरमा नै आफनो नागरिता छानबीनका लागि गृह प्रशासनलाई कुनै किसीमको दबाब नदिने घोषणा समेत गर्नुभएको हो । निष्पंक्ष ढंग गृह प्रशासनले नागरिता छानबीन हुनुपर्छ । पत्रकारीता पेशामा हुदां रबि लामिछानेले नागरिताको बिषय लिएर आम नेपाली जनताहरुमा खुब चर्चा बटुलिएका थिए । गृहमन्त्री भएका लामिछानेले आफनो नागरिता बिरुद्ध गृह प्रशासनलाई दबाब दिन्छन कि दिदैनन् त्यो अगामी दिनमा मात्र थाहा हुन्छ । गृह प्रशासन निष्पक्ष नै हुनुपर्छ ।