२०६३ साल चैत्र ७ गते राईस मिल गौरमा भएको घटनाका दोषीलाई कारवाही गर्नका लागी राष्ट्रिय मानव अधिकार आयोगले लिखीत रुपमा सिफारिस गरेको आयोगका सदस्य लिलि थापाले बताउनु भयो । महिला विरुद्ध हुने हिंसा सम्बन्धि संयुक्त राष्ट्र संघमा पठाउने प्रतिबेदनका विषय वस्तु माथि भएको छलफल कार्यक्रममा बोल्दै सदस्य थापाले गौर घटनाको दोषी उपर कार्यबाही हुनेमा विश्वास व्यक्त गर्नु भयो । २०६३ चैत्र ७ गते राईस मिल गौरमा भएको सो धटनामा तत्कालिन नेकपा माओ वादीका करिव ३ दर्जन नेता तथा कार्यकर्ताको मृत्यु भएको थियो ।राष्ट्रिय मानव अधिकार आयोग तथा महिला आयोगद्वारा संयुक्त रुपमा चन्द्रनिगाहपुरमा आईतवार आयोजित कार्यक्रममा महिला आयोगका सदस्य जया घिमिरे ,चन्द्रपुर नगरपालिका नगर उपप्रमुख जयमाला चौधरी,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जयसवाल , एकल महिला सञ्जाल रौतहटका अध्यक्ष सोमरिया देवी , ईन्सेकका रौतहट प्रतिनिधि कोपिला तिमल्सिना , दलित अगुवा गोविन्द राम सहितले महिलाले भोग्नु परेको विभित्र हिंसाका बारेमा छलफल भएको थियो ।