लागु औषध सहित तीनजनालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक गिरीले जानकारी दिनु भयो । नियमित चेकजांच गर्ने क्रममा वडा प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले शंकाको आधारमा शरीर खानतलाशी गर्दा लागु औषध सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ६ डकैला बहुअरी बस्ने ४० वर्षीय बिजय कुमार गुप्ता, बहुदरमाई नगरपालिका वडा नम्बर ४ बस्ने सतिष कुमार सिंह र जितपुर सिमराउ उपमहानगरपालिका वडा नम्बर वडा नम्बर १८ बस्ने २५ वर्षीय जनक प्रसाद घिमीरे रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लागु औषध नाईट्राभेट ट्रयाब्लेट ६६ पिस र फेन्सडिल १०० एमलको १२ बोलत सहित पक्राउ परेका हुन् । बिजय कुमार गुप्ता भारतीय नम्बरको बीआर २२ अजे २३३० मोटरसाईकलमा सवार भई नेपाल तर्फ आउने क्रममा गुप्ता र सिंहलाई प्रहरीले उनीहरुको साथबाट लागु औषध बरामद गरेको हो । पक्राउ परेका तीनजनालाई पर्सा जिल्ला अदातलबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भएको छ ।