बाटो अवरुद्द गरेको बिषय लिएर दुई समुहबीच झडप हुदां उगरुप लिएको छ । २०७८, २, २२ गते जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेबपटी बस्ने ३२ वर्षीय कैलाश दास तत्वालाई स्थानिय र छिमेकीहरुले बाटो अवरुद्द गरेको बिषय लिएर एघार जना एकजुट भई कैलाश दास तत्वा र उनका भाई प्रभु प्रमेश्वर दास तत्वालाई घरेलु हतियार तथा लाठी भाठाले कुटपिट गरेका थिए । एघारजना समुहको हातपातबाट सख्त घाईते भएका तत्वाद्धय भाईहरुलाई ज्यान मार्ने धम्की समेत दिईएको थियो । आफु माथी अन्याय भएको र ज्यान मार्ने धम्की दिएको भन्दै कैलाश दास तत्वाले पर्सा प्रहरीमा किटानी जाहेरी दिएपछि सोही जाहेरीको आधारमा पर्सा जिराभवानी गाउँपालिका वडा नम्बर १ बस्ने महादेवपटी बस्ने ४५ वर्षीय हिरालाल मुखिया बिन, सोही स्थान बस्ने २१ वर्षीय बिनोद मुखिया बिन र १९ वर्षिय ललन मुखिया बिन पक्राउ परेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भयो । पक्राउ परेका तीनजनालाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ज्यान मार्ने उघोग कसुरमा अनुसन्धान भईरहेको छ ।