बीरगंजको बिकाशका लागी ज्येष्ठ नागरिकको मार्गदशनको खाँचो रहेको नगरप्रमुख राजेश मान सिंहले बताउनु भएको छ । ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा बीरगंज ज्येष्ठ नागरिक पार्क दम रोग र उपचार बिधीको बारेमा प्रशिक्षण शिविर कार्यक्रमलाई सम्बोधन गर्दे मेयर सिंहले बीरगंज नगरक्षेत्रलाई सफा सुन्दर एवम् ब्यवस्थित गर्नका लागी ज्येष्ठ नागरिकको अनुभव आवश्यक रहेको कुरामा जोड दिनु भएको हो । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा कुनै कसर बांकी नराख्ने मेयर सिंहले प्रतिबद्धता जनाउंदै गम्भिर प्रकृतिका दीर्घ रोगको उपचारको लागी महानगर सहयोग गर्नका लागी तत्पर रहेको बताउनु भयो । ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महानगरपालिका प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, डाक्टर अभिषेक सिंह, जितेन्द्र पुरुष ढकाल, श्याम कुमार पोख्रेल, रामानन्द प्रसाद कुर्मी लागयतको उपस्थिती रहेको थियो ।