पर्साको बिन्दवासीनी गाउँपालिका वडा नम्बर २ गर्दाेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र ३ ले ४० थान कम्बल बितरण गरेको छ । गरिब एवम् बिपत्र परिवारका सदस्यहरुलाई कम्बल बितरण गरिएको हो । कम्बल बितरण कार्यक्रमलाई सम्बोधन गर्दे मधेश प्रदेश संगठन बिभाग प्रमुख किरणमान डंगोलले जनताको काममा आफु संधै सक्रिय रह्ने बताउंदै पर्सेली जनताहरुको समस्या हल गर्नका लागी आफु र पार्टी तत्पर रहेको बताउनु भएको हो । याजुल हक मियांको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अंगद ठाकुर , पुर्व केन्द्रिय सदस्य नागिना यादब, , शान्ति देबी खड्का , जिल्ला उपाध्यक्ष अबध किशोर साह, प्रवतmा शम्भु घिमीरे लगायतको उपस्थती रहेको थियो ।