२२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल १३ गणले रतmदान कार्यक्रमको आयोजना गरेको छ । ३ महिला सहित २ यस २ जनाले रतmदान गरेको गणका सशस्त्र प्रहरी नायब उपरिक्षक सन्तोष बस्नेतले बताउनु भयो । रतmदान दिनेहरुमा सशस्त्र प्रहरी नायब उपरिक्षक बस्नेत , सशस्त्र प्रहरी निरीक्षक सन्दिप थापा, तिर्थराज न्यौपाने, हरेराम सरार्फ, इनरपरी सरार्फ, बबिता पासवान , रमित चौधरी लगायतकाले रतmदान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साका कर्मचारीले बताए । कार्यक्रमलाई सब्म्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सशस्त्र प्रहरी शान्ति सुरक्षा , सिमा सुरक्षा संगै सामाजिक कार्यमा पनि सक्रिय रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, बीरगंज सामुदायिक आँखा अस्पतालका संयोजक महेश सिंह धामी लगायत बिभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।