सोनम ल्होछार बीरगंजमा पनि मनाईएको छ । सोनम ल्होछारको अवसरमा बीरगंजमा शान्ति रयाली निकालीइएको छ । भिष्वा स्थित टाँसी साड थर्वालिड बौद्ध गुम्बा समितीको आयोजनामा माईस्थानबाट निकालीएको रयाली घण्टाघर , लिंक रोड , बसपार्क हुदै भिस्वा डाँडामा पुगेर समापन भएको हो । सोनम ल्होछारको अवसरमा समितीले सांस्कृतिक कार्यक्रम्को आयोजना गरेको थर्वालिड बौद्ध गुम्बा समितीका अध्यक्ष रामबहादुर लामाले बताउनु भयो ।