२२ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय सदस्य डाक्टर सुबोध कुमार गुप्तालाई मधेश प्रदेश छित्रमस्ता वाहिनीका प्रमुख गणेशबहादुर ठाडा मगरले कदर पत्रद्धारा सम्मान गर्नुभएको छ । सामाजिक कार्यमा सक्रिय रहेका डाक्टर गुप्ताले निस्वार्थ भावनाले सशस्त्र प्रहरीलाई सहयोग गर्दे आएकोमा वहांको कदर गर्दे सम्मान डिआईजी गणेश ठाडा मगरले बताउनु भएको छ । गरिएको हो । डिआईजी मगरबाट सम्मानित भएका गुप्ताले बीरगंज पथलैया औधोगिक कोरिडोरको शान्ति सुरक्षाका लागी सशस्त्र प्रहरीको टोली औधोगिक टास्क फोर्सका रुमा कार्यरत रही कोरिडोरको शान्ति सुरक्षा कायम गर्नका लागी डाक्टर गुप्ताले आग्रह गर्नुभएको हो । औधोगिक कोरिडोरको सुरक्षा दिनका लागी सशस्त्र प्रहरी तत्पर रहेको मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगरले बताउंनु भयो । कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल पटवारी, उपाध्यक्ष माधव राजपाल , सुरेश रुगंटा लगायतको सहभागिता रहेको थियो ।