पिस फोर दतिलस फाउण्डेशन नेपाल मधेश प्रदेश पर्सासंगको समन्वयमा पर्सा गढी नगरपालिका वडा नम्बर ६ चैनपुरको बस्ने प्रमोद पासवान हजाराको घर निर्माण गरी हस्तान्तरण गरेर दिएको फाण्डेशन पर्साका अध्यक्ष मनोज रामले बताउनु भयो । ७ महिना ृउतm फाण्डेशनले अनुगमन गर्दा अधि पानी पर्दा प्रमोद पासवानको घर ढलेको हुदां उनको परिवारलाई बसोबास गर्नमा समस्या रहेका हुदां फाण्डेशनले समन्वय गरी दाताहरुको सहयोगमा प्रमोदलाई निर्मित घर हस्तान्तरण गरि दिएको हो । घर निर्माण कार्यमा अमेरीका बस्ने मेग सुबेदीले आफनो छोरी सेजल सुबेदी र शमिरा सुबेदीको नाममा १ लाख १५ हजार रुपैया काठमांडौ बस्ने सपनाको हातबाट सहयोग भएको हो । अमेरीका बस्ने शिवा सिलवालले छोरी सोना सिलवालको जन्म दिनको अवसरमा १५ हजार, ललितपुर बस्ने लायन्सको मजफ ज्योती ५ हजार , तथा अन्य सहयोग गरेर एक लाख चालीस हजार रुपैया पच्चास रुपैया आर्थिक सहयोग उपलब्ध भएको बताएका छन् । घर हस्तान्तरण कार्यक्रममा फाउण्डेशका सदस्य परमान्द राम, सुरेन्द्र पासवान, अशोकराम, मनोज पासवान, दलित समुदाय टोलका जेष्ठ नागरिक रामाअतार हजरा दुसादको अध्यक्षतामा घर हस्तान्तरण भएको हो ।