अस्तब्यस्त बीरगंजलाई ब्यवस्थित बनाउनका लागि एवम् सुन्दर बीरगंज बनाउनका लागि मेयर सिंहले चालेको कदम सराहनीय रहेको बीरगंज महानगरपालिका वडा नम्बर ६ बस्ने सरोज श्रेष्ठले भन्नु भयो, हाम्रो बीरगंज देशको आथिर्क नगरी र मधेश प्रदेशको एकल महानगरपालिका भनेर चिनिने बीरगंज अहिले दुई दशक देखी बिकाशमा फड्को मार्न सकेको थिएन् । बीरगंजबाट मात्र ६५ प्रतिशत राजस्व उठ्ने गरेको छ । ६५ प्रतिशत राजस्व उठेकोमा राज्यले ३० प्रतिशत मात्र बीरगंजको बिकाशको लागी खर्च गरेको भए आज हाम्रो नगरमा सबैभन्दा बढी बिकाश हुन्थ्यो होला ? दुई दशक अगाडी बीरगंज भन्दा पछाडि बिकाश भएका महानगरपालिका वा उपमहानगरपालिका तिब्रगतिमा बिकाश भएका छन् । बिकाशको सन्र्दभमा बिरगंज पछाडि परेको हो । स्थानिय सरकारले चाहेको अवस्थामा आफनो नगर क्षेत्रलाई बिकाश गर्न सक्षम हुन्छ । तर नचाहेको अवस्थामा केही हुन सक्दैन् । बिगतका मेयर साहेबले पनि त्यस्तै गरेका हुन् । बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले नगरक्षेत्रको मुहार परिवर्तन गर्न लागी परेका छन् । बीरगंजको बिकाश हेर्न नचाहेको बिकाश बिरोधीहरुले महानगरपालिका बिरुद्ध र मेयर सिंहको बिरुद्ध षड्यन्त्र बुनिरहेका छन् । महानगरपालिकाको सौन्दर्यकरण गर्नका लागी मेयर सिंह चालेको कदमको प्रशंसनीय रहेको बिर्ता निवासी राज गुप्ताको भन्नु भयो । बिकाशको कार्यमा मेयर सिंह सँग बीरगंजवासीहरुको साथ र सहयोग रहेको छ । बिकाश प्रेमी मेयर राजेश मान सिंहले आफनो कार्यकालमा बीरगंजको मुहार फेर्नेछन् भन्नेमा बीरगंजवासी आशवादी छन् ।