पर्सा प्रहरीले मालवाहक ट्रक सहित पिकअप गाडी नियन्त्रणमा लिई कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बारा पथलैयामा पठाएको पर्साकाप्रहरी नायब उपरिक्षक एवम् प्रवतmा निर्मल बुढाथोकीले बताउनु भयो । बिशेष सुचनाको आधारमा बीरगंजबाट काठमांडौ तर्फ जांदै गरेको ना ३ ख ७७१३ नम्बरको ट्रक बीरगंज महानगरपालिका वडा नम्बर १६ रेल्वे सडकखण्ड नजिक नियन्त्रणमा मालवाहट्रक र द्यच्ण्छन्ब् ढण्द्धद्द नम्बरर्को पिकअप गाडी नियन्त्रणमा लिई चेकजांच गर्दा बिलबिजक भन्दा बढीको मेडिकल सामाग्री , हार्डवेयर लगायत मालबस्तु बरामद भएपछि उतm ट्रक र पिकअप नियन्त्रणम लिएको प्रहरी नायब उपरिक्षक बुढाथोकीले भने, भन्सार छलेर अबैध तरिकाले ट्रक र पिकअप गाडीमा सामानहरु लगीरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी र पर्सा प्रहरीलाई सुचना पाएपछि संयुतm रुपमा उतm मालवाहक ट्रक र पिकहप गाडी नियन्त्रणमा लिन सफल भएको प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले बताउनु भयो । बिल बिजक नै शंकास्पद फेलापरेपछि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको जानकारी दिनुभएको हो । प्रहरीले ट्रक , पिकअप गाडी सहित मेडिकल सामा्रगी तथा हार्डवेयर लगायत सामानहरुको मुल्यांड्कन ५९ लाख, १८ हजार , १३१ रुपैया तोकेर राजस्व पथलैयामा पठाएको छ । यसैगरी पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामानहरु लोड गरेको पिकअप गाडी नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा निर्मल बुढाथोकीले बताउनु भयो । बिलबिजक भन्दा बढी सामानहरु लगिरहेको प्रहरीलाई सुचना पाएको प्रहरी नायब उपरिक्षक बुढाथोकीले भन्नु भयो, सोही सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वाचोक स्थित सडकखण्डबाट मधेश प्रदेश ०३, ००१ च ६५०० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिई चेकजांच गर्दा बिलबिजक शंकास्पद देखिएको हुनाले पिकअपमा रहेको लताकपडा तथा टेन्टका सामान सहित पिकअप नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरी नायब उपरिक्षक बुढाथोकीले बताउनु भएको छ ।