पर्सा प्रहरीले ठगी गरेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा निर्मल बुढाथोकीले भने, बीरगंज महानगरपालिका वडा नम्बर १० स्थित माँ दुर्गे मनिटा्रन्सफ प्रालिका सञ्चालकले बिजय सरार्फले आफनै कर्मचारीहरुलाई नेपाली रुपैया ४ लाख , १४ हजार र ८ सय रुपैया कृषि बिकाश बैंक बीरगंजमा जम्मा गरेर भाउचर लिएर आउन भनेपछि रकम जम्मा नगरेर चारजजनाले भागभण्डा गरी फरार समेत भएका थिए । माँ दुर्गै मनिटा्रन्सफरका स१चालक बिजय सरार्फले घटनाको बारेमा पर्सा प्रहरीलाई अवग्त गराएपछि जिल्ला प्रहरी कार्यालय पर्साका का्रइम बान्च्रका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोली बिशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर १० स्थितबाट तिनैजनालाई नियन्त्रणमा लिन सफल भएका हुन् । उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय रुपैया बरामद गरेको छ । पक्राउ पर्नेहरुमा बीरगंज महानगरपालिका वडा नम्बर १० बस्ने २२ वर्षीय आकाश साह, सोही स्थान बस्ने २२ वर्षीय संजय साह र महम्द सकिर मियाँ रहेका छन् भने एक जना फरार रहेको प्रहरी निरीक्षक थपलियाले बताउनु भयो । पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालबाट ठगी मुद्धा दर्ता गरी चार दिनको म्याद थप गरेको हो ।