रुगंटा वेलफेयर सोसाईटीले आयोजना गरेको नि शुल्क आँखा शिविरमा ३ सय ३३ जनाले आँखा परिक्षण गरेका छन् । श्री सुन्दरमल राजकुमार कन्या उच्च माध्यमिक बिधालयमा सम्पन्न भएको नि शुल्क आँखा शिवीरमा आँखा परिक्षण गर्नुको साथै नि शुल्क औषधी समेत बितरण गरिएको आयोजकले बताएका छन् । आँखा परिक्षणमा किरण आँखा अस्पतालका बिशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारी , बिधालयका प्रधानध्यापक , शिक्षक लगायतको उपस्थिती रहेको थियो ।