संघीयतालाई संस्थागत हन नदिनका लागि ठुलो षड्यन्त्र भईरहेको जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादबले बताउनु भयो । बारा जिल्लाको करैयामाई गाँउपालिका स्थित ओमजन्मतियर सिचाई आयोजनाको शिलान्यास गर्दे अध्यक्ष यादबले संघीयता संस्थागत गर्न सकियो भने तराई मधेशमा बिकाश हुन सक्ने कुरामा जोड दिर्दे मधेशको बिकाशमा ठुला दलहरु बधक भएको बताउंदै बिकाशका लागि सबै मधेशी पार्टीहरु एउटै मोर्चा बनाएर एक पल्ट फेरी का्रन्तिको बिगुल फुकुनु पर्ने बताउनु भएको छ । नेकपा माओवादी पार्टीका केन्द्रिय अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीलाई धोका दिएको आरोप लगाउनु भयो । प्रचण्डले एउटा सहमती गर्न अर्काे काम गर्न तथा तराई मधेश केन्द्रित दललाई पाखा लगाउनु दुखत भएको बताउनु भयो ।