बीरगंजमा मंगलवार सांझ हिन्दी चलचित्र जस्तो दुश्य हेर्न पाईएको छ । हिन्दी चलचित्रमा चार पांँच जना समुहमा रहेका गुण्डाहरुले हिरोलाई कुटपिट गरी हिरोईनको चुम्बन गरेको दुश्य हामी सबैले हेरेका छौं । त्यो दुश्य मंगलवार सांझ बीरगंजको घण्टाघर पशुपति मार्कैट छेउमा रहेका ईनफिल्टी रेष्टुरेन्टको तल नै हेरिएको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।
घटना के भएको हो त ?
मंगलवार सांझ युवा र युवती चढेर आएको पल्सर मोटरसाईकल एक्कासी अनियन्त्रित भइ ईनफिल्टीको तल लड्दा युवती जमीनमा लड्की थिईन् । अत्याधिक मदिरा सेवन गरी मोटरसाईकल चलाउंदा युवती लडेको स्थानियहरुले भने, बीरगंज महानगरपालिका वडा नम्बर ७ घर भई हाल प्रगती नगर निवासी निर्मल सरार्फ र बीरगंज भिष्वा बस्ने नाम परिर्वतन २२ वर्षीय रेश्मालाई सरार्फले उठाउन खोज्दा, छ जनाको समुहमा आएका युवकहरुले सरार्फलाई हातपात गरी होसमा नरहेको युवतीलाई उठाउदै हिन्दी फिल्म जस्तै चुम्बन गरेको दुश्य सिसी क्यामारा कैद भएको छ । सरार्फले प्रतिवाद गर्न खोज्दा कुटपिट गरेको हो । छ जनाले नै युवती संग दुब्र्यहार गर्दै एकजनाले चुम्बन गरेको दुश्य सिसी क्यामरा कैद भएको छ । प्रहरीले घटनाको बारेमा जानकारी पाएपछि छ जना र सरार्फलाई नियन्त्रणमा लिई मेडिकल गर्दा छ जना लगायत सरार्फ र युवतीले अध्याधिक मदिरा सेवन गरेको नारायणी अस्तापलका चिकीत्सकले बताउनु भयो । प्रहरीले नियन्त्रणमा लिएका छ जना मध्ये चारजना डाक्टर लगायत नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक तथा नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य डाक्टर बसुरुद्दिन अन्सारी लगायत ताजुधिन अन्सारीका सुपुत्र रहेका छन् । प्रकाउ पर्नेहरुमा बसुद्दीन अन्सारीका छोरा २५ वर्षीय जहांगिर अन्सारी , २४ वर्षीय आदित्य गिरी, २३ वर्षीय फिरोज अन्सारी , ३२ वर्षीय अल्फाज अन्सारी, तारीक अन्सारी , र आशिष रहेका छन् । प्रहरीले निर्मल सरार्फलाई पनि नियन्त्रणमा लिएपनि बुधवार दिउंसो नै प्रहरीको नियन्त्रणबाट मुतm भएका हुन् । यता नेकपा एमालेका नेता बसुरुद्दीनले आफनो छोरालाई छुटाउनका लागी पर्सा प्रहरीलाई राजनितिक दबाब दिईरहेका छन् । उतm घटना ढाकछोप गर्नका लागी युवतीको बुवा र आमालाई दबाब दिर्दै आएको बुझनमा आएको छ । युवतीको आमा नेशनल मेडिकल कलेजमा काम गर्दै आएको हुनाले उतm घटनालाई ढाकछोप गर्न प्रयास गरिएको हो । युवतीले उजुरी दिन नआएपछि पर्सा प्रहरीले अभ्रद मुद्धा दर्ता