बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खादा ओढाएर प्रशंसा पत्रले सम्मानित गर्नु भएको छ ा नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत छैटो सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा मेयर सिंहलाई सम्मानित गरिएको हो ा अनौपचारिक क्षेत्रका श्रमिकलाई सुरक्षा कोषमा आवद्ध गराउन बीरगंज महानगरपालिकाले सम्झौता गरेको हुनाले मेयर सिंह सम्मानित भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले बताउनु भयो ा कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड , श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी , आर्ईएलओका प्रतिनिधी जिआजेडका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ा