सामाजिक सेवामा आवद्ध रहेको साहिब दरबारले बीरगंज महानगरपालिकाको वडा नम्बर २९ बसडिलवामा नि शुल्क आँखा जाँच शिविरको सम्पन्न भएको छ । साहिब दरबारले आयोजनामा गरेको नि शुल्क आँखा शिविरमा १८४ जनाको जाँच गरिएको जस मध्ये ४३ जनामा मोतियाबिन्दुको समस्या देखिएको दरबारका अध्यक्ष उमेश सहनीले जानकारी दिनुभयो । साहिब दरबार र सामुदायीक आँखा अस्पताल बीरगंजको संयुतm आयोजनामा गरीएको नि शुल्क आँखा शिविरमा जाँच गरएका बिरामीहरुलाई नि शुल्क औषध बितरण गरिएको आँखा अस्पतालका मेडिकलका संयोजक महेश सिंह धामीले बताए । आँखामा मोतिया बिन्दुको समस्या देखिएका बिरामीहरुलाई बिहीवार सामुदायिक अस्पतालमा नि शुल्क शृल्यकृया गरिने संयोजक धामीले जानकारी दिनु भएको छ । आँखा शिविरको उद्घाटन गर्दै बीरगंज महानगरपालिका मेयर राजेश मान सिंहले महानगरको गा्रमिण क्षेत्रलाई मध्यनजर गर्दे आँखा शिविर संचालन गराईएको बताउनु भयो । साहिब दरबारको आयोजना र सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा महानगरका विभिन्न स्थानमा निशुल्क आँखा जाँच शिविर संचालन भइरहेको छ ।
बिहीबार सम्पन्न शिविरमा वडा नं। २९ का वडाध्यक्ष धम्रेन्द्र चौधरी, साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, कार्यपालिका सदस्य खैरुद्धिन मियाँ, साबिह दरबारकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, संगिता दास, लक्ष्मी देवी चौरसिया, सुरज गुप्ता, अवधेस यादव, जगरनाथ राउत अहिर लगायतको उपस्थिति रहेको थियो ।