अबैध तरिकाले लागु औषध गाँजाको बोटहरु पर्सा प्रहरीले फडानी गरी नष्ट गरेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भएको छ । गाँजाको खेती भईरहेको प्रहरीलाई सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ मा दश कठामा लगाएको अबैध गाँजाको खेती फडानी नरी नष्ट गरीएको हो । प्रहरीले गाँजाको आठ हजार बोटहरु नष्ट गरेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनु भयो । गाँजा खेतीमा संकलन रहेका ब्यतिmको पहिचान गरी खोजतलाश भईरहेको प्रहरीको भनाई रहेको छ ।