
बारा प्रहरीले नेपालमा प्रतिबन्धित रहेको २६ किलो ८ सय ग्राम गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नैमा भरतपुर महानगरपालिका वडा नम्बर २७ बस्ने ४२ वर्षीय रोशन बहादुर दमई र चितवन माडी नगरपालिका वडा नम्बर ६ बस्ने ५२ वर्षीय देव नारायण महतो रहेका छन् । प्रहरीले बा १४ च ३७०८ नम्बरको मारुती सुजुकी कारबाट गाँजा बरामद गरेको हो । मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको रातोमाटे चेक पोष्टमा बा २४ च ३७०८ नम्बरको कारले चेकजांंच नगराई फरार भएपछि हेटौडा प्रहरीलाई शंका लागेपछि बारा प्रहरीलाई खबर गरेको थियो । बारा प्रहरीले सुचनाको आधारमा उतmकारलाई खोजतलाश गर्दै जाँदा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित रहेको चुरियामाई मन्दिर नजिको जंगलमा कार लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । कारलाई खानतलाशी गर्दे जाँदा प्रहरीले अबैध लागु औषध गाँजा बरामद गरेको बाराका प्रहरी उपरिक्षक सुरेश काफलले बताउनु भयो । पक्राउ परेका रोशन बहादुर दमई कारका चालक समेत रहेका छन् ।