बीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठाको बिषयमा मेयर र उप मेयरमा समर्थकबीच भनाभन हुदाँ महानगरपालिका दिनभरी तनावग्रस्त भएको छ । बीरगंज महानगरपालिका मेयर राजेश मान सिंह बस्दै आएको कार्यकक्ष भन्दा माथी नयाँ कोठा निर्माण भएपछि पुरानो कोठालाई प्रशासकीय अधिकृतले प्रयोग गर्ने र प्रशासकीय अधिकृत बस्दै आएको कोठालाई पञ्जिकरण शाखा राख्न्े महानगरका नगर प्रमुख सिंहको योजना रहेको थियो । प्रशासकीय अधिकृतको छेउमा उपमेयर ईम्तियाज आलमको कार्यकक्ष रहेको हुनाले उप मेयरले भने आफुलाई कार्यकक्ष बिस्तार गर्नुपर्ने वा सचिवालय राख्ने तयारी गरेपछि बिवाद भएको हो । प्रशासकीय अधिकृतको नयाँ कोठामा सामान सार्दे गर्दा उप मेयरका सचिवालय तथा समर्थकहरुले कोठामा ताल्चा लगाएपछि मेयर र उपमेयरका समर्थकहर बीच झडप समेत भएको थियो । सामान्य झडप उग्ररुप लिएपछि जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाको कमाण्डमा प्रहरी परिचालन भएको थियो । बिवाद टुगाउनको लागी महानगरका प्रशासकिय अधिकृत मातृका भटराईले मंसिर २८ गते कार्यपालिकाको बैठक बोलाईएको छ । महानगरपालिकाको स्थिती सामान्य रहेको पर्साका प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो । यसैगरी बीरगंज महानगरपालिकाका उप मेयर ईम्तियाज आलमका सचिवालय तथा समर्थकहरुले कर्मचारीहरु माथी दुब्र्यहार गरेपछि महानगरपालिकाका कर्मचारीहरु आंदोलित भएका छन् । मेयर राजेश मान सिंहलाई स्थानिय तह कर्मचारी संघ, बीरगंज महानगर एकाई समतिीले मंगलवार दिउँसो ज्ञापन पत्र बुझाउदै बुधवार देखी कालोपटी बाँधेर बिरोध कार्यक्रम सुरु गर्ने एकाइ समितीका अध्यक्ष मुकेश गुप्ताले बताउनु भयो । उपमेयरको स्वकीय सचिव रहेका शेष हजराले पञ्जीकरण शाखा ब्यवस्थित गराउन लागेका कर्मचारी अमृता दास र रनु दासलाई गालीग्लौज गर्दे दुब्र्यवहार गरेको प्रति इकाई समतिीको ब्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रशासकीय अधिकृतमाथी नै कार्यपालिका सदस्य कन्हैया ठाकुरले गालीग्लौज गर्दे अभ्रद ब्यवहार गरेको प्रति खेद ब्यक्त गर्दे आँदोलन गर्न बाध्य भएको जनाईको छ । उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी ९शिक्षक० रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धाक धम्की दिँदै गालीगलौज गर्ने गरेको घटना निन्दनीय रहेको पनि एकाइ समितिले जनाएको छ ।महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन एकाइ समितिका अध्यक्ष गुप्ता सहित उपाध्यक्ष सुधीर जङ्ग राणा, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जारा लगायतको टोली पुगेको थियो ।