बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले मधेश आंदोलनमा ६३ जना सहिद परिवारलाई जनही तीन लाख रुपैया बितरण गरेको छ । प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत मधेश सहिद प्रतिष्ठानले बीरगंज आर्दशनगर स्थित रहेको टाउन हलमा अयोजना गरेको कार्यक्रममा जनता समाजपार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले शहिद परिवारलाई तीन लाख रुपैयाका्े चेक हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले शहिद परिवारलाई जनही तीन लाख चेक हस्तान्तरण गर्दा मधेश आंदोलनमा केही घाईते भएकाहरुले प्रदेश सरकारले हामी सँग बिभेद गरेको भन्दै बिरोध समेत गरेका छन् । मधेसी सहिद प्रतिष्ठानले तयार पारेका सुचीमा हाम्रो नाम नै नरहेको भन्दै आंदोलनमा घाईते भएकाहरुले उपेन्द्र यादवको मञ्चामा पुगेर बिरोद गर्दै नाराबाजी समेत गरेका छन् ा दोसा्रे मधेश आंदोलनमा प्रहरीको गोली लागेर घाईते भएका पर्साको कालीमाई गाउँपालिका वडा नम्बर १ बस्ने दिनेश साह कानुले प्रदेश सरकारले म जस्तो अन्य घाईतेहरु सँग बिभेद गरेको बताएका छन् । हाज हामीले गर्दा प्रदेश सरकार बन्न सफल भएको र मन्त्री हुनुभएको आका्रेश पोखेका छन् । , मधेशको अधिकारको लागी प्रहरीको गोली खाएर अनि रगत बगाए पनि प्रदेश सरकारले बिभेद गरेको कानुले मञ्तबाट नै बिरोध जनाए । प्रदेश सरकारले घाईतेहरुको नाम पनि समावेश गर्न नसक्ने , के हामीले यही न्याय पाएको हौ त ? मधेशको हक र अधिकारको लागी शहिद र घाईतेको नाम पनि समावेश हुन नसक्ने आक्रोश पोखेका छन् घाईते दिनेश साह कानु , घाईतेहरुको गुनासो सुनेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आंदोलनमा छुटेका घाईतेहरुको नाम समावेश गरिने बताउँदै घाईते प्रमाणपत्र बनाउनको लागी जिल्ला प्रशासन कार्यालयको सिफारिस आवश्यका नरहेको , घाईते भएको बेलामा जुन अस्पतालमा उपचार गराएको त्यो असपतालको पुर्जी पेश गरेपछि शहिद प्रतिष्ठानले घाईते प्रमाणपत्र बनाईदिने तयही अनुसार सेवा सुबिधा पाईने मुख्यमन्त्री यादबले बताउनु भएको छ । मधेश आंदोलनमा शहिद र घाईतेले दिएको बलिदानी सम्मानका लागी प्रदेश सरकारले हरेक वर्ष आर्थिक सहयोग गर्दै आईरहेको बताउनु भयो । आंदोलन गर्ने क्रममा दिनेश साह कानुको खुटामा गोली लागेको थियो । कार्यक्रमा मधेश सरकारले मधेश आंदोलनमा घाईते १३० जनालाई उनीहरुको शरिरिक अवस्था हरेर एक लाख देखी दुई लाख रुपैया प्रदान गर्याे । अतिरिक्त सहित परिवार र घाईतेहरुलाई एक एक थान कम्बल र यतायात खर्च बापत जनही ४ हजार रुपैया सहयोग गरिएको छ ।