सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले आयोजना गरेको रतmदान कार्यक्रममा पच्चास जनाले रतmदान गरेका छन् । २३ औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा रतmदान कार्यक्रमको आयेजना गरिएको १३ नम्बरका सशस्त्र प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा संगम श्रेष्ठले जानकारी दिनुभयो । अत्याधिक चिसो बढेको कारण रगतको आभव नहोस उदेश्यको साथ रतmदान कार्यक्रमको आयोजना गरिएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताउनु भएको छ । रतmदान कार्यक्रममा सशस्त्र प्रहरीका अधिकृत देखी जवान सम्मले रतmदान गरेको रक्तसञ्चार केन्द्र बीरगंज प्रमुख सौरभराज पांण्डेले जानकारी दिनुभयो । १३ नम्बर गणपति सशस्त्र प्रहरी उपरिक्षक किशन कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको रतmदान कार्यक्रममा प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठले रतmदान गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । रतmदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका महामन्त्री शैलेन्द्र चौरसिया, सशस्त्र प्रहरी नायब उपरिक्षक माधव धिताल लगायतको उपस्थिती रहेको थियो । २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल १३ गणले सप्ताहब्यापी कार्यक्रमको आयोजना गरि मनाईरहेको छ ।