बारा प्रहरीले फरार एक अभियुतmलाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा बारा प्रहरीले बारा महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरी जब्दी बस्ने ५३ वर्षीय समसुदिन मंसुरी भनिने समसुदिन मियाालाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रहरी प्रवतmा दधिराम न्यौपानेले बताए । बारा जिल्ला अदालतले समसुदिन मियाँलाई कुटपिट अंभभंग मुद्धामा दोषी ठहर गर्दे कैद सजाय र जरिवाना गरेको थियो । अदालतको फैसाल आएपछि मियां फरार भएका थिए । बिशेष सुचनाको आधारमा प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले फरार मियाालाई घरमा लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरिएको बाराका डिएसपी न्यौपाने जानकारी दिनुभयो । पक्राउ परेका मियाँलाई बारा जिल्ला अदालतमा पेश गरिएको छ ।