बिभिन्न मुद्दामा फरार रहेका दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ा कुटपिट र लेनदेन मुद्दामा फरार रहेका बारा महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय धर्मेन्द्र कानु र देवता गाउँपालिका वडा नम्बर ६ रौवाही बस्ने ७० वर्षीय बुटाई पण्डित पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रहरी प्रवतmा दधिराम न्यौपानेले जानकारी दिनुभयो । बारा जिल्ला अदालतबाट दोषी ठहर भएपछि फरार रहेका दुईजनालाई बिशेष सुचनाको आधारमा पक्राउ गरिएको डिएसपी न्यौपानेले बताउनु भएको छ ा प्रकाउ परेका कानु र पण्डितलाई थप कारवाहीको लागि बारा जिल्ला अदालतमा पेश गरिएको बताउनु भयो । कुटपिटमा दोषी ठहर भएका धर्मेन्द्र कानुलाई २०० सय रुपैया जरिवाना गरिएको थियो भने पण्डितलाई लेनदेनको मृद्दामा बारा जिल्ला अदालतले दश हजार रुपैया जरिवाना समेत गरेको थियो । उनीहरुले अदालतमा जरिवाना नतिरेपछि अदालतले फरारको सुचीमा समावेश गरेको हो ।