बिहीवार मधेश प्रदेश बन्द सफल पारौ नाराका साथ आम जनता पार्टी पर्साले बीरगंजमा राँके जुलुश प्रर्दश्न गरेको छ । आम जनताको भातृ संगठन आईटी आर्मीको आयोजनामा राँके जुलुश प्रर्दशन गरिएको हो । सांझ राँके जुलुश बीरगंज नगर परिक्रमा गरी घण्टाघरमा पुगी समापन भएको थियो । आम जनता पार्टीले बैकहरुले मनोमानी ब्याज लिईरहेको फिर्ता गराउन , लधुबित तथा सहकारीको सम्पुर्ण कर्जा माफ गराउन आम जनतालाई सहज र सुलभ दिलाउन अनैतिक रुपमा भन्सारका कर्मचारीहरुले तस्करी समातेको सामानमा ४५ प्रतिशत कमिशन लिन गरेको बिरोभमा , कर कार्यालयका कर्मचारीहरुले सर्वसाधाराण एवम् उधोगी ब्यापारीमा अराजकशैलीमा छापामारी तर्साउने गतिविधीको बिरोधमा मधेश बन्दको घोषणा गरेको छ ।