सर्वसाधारण नागरिक, राष्ट्रवादी एवम् राजावादी समुहहरुले पुर्व राजा ज्ञानेन्द्र शाहलाई बीरगंजमा भब्य नागरिक अभिनन्दन गरेर स्वागत गरेका छन् ा अभिन्दन कार्यक्रममा स्थानिय वासिन्दाहरुले राज आउँ देश, बचाउँ नारा समेत लगाएका थिए ा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दे पुर्व राजा ज्ञानेन्द्र शाहले अहिले राजनैतिक दलका नेतहरुले जातजाति धर्म, संस्कृतिको राजनितिक गरेर देशलाई बिघटन तर्फ लगेको बताउंदै बिभेद , बिखण्डन , र बिग्रह र निषेधको राजनिति गर्न नहुने सुझाव दिनुभएको थियो ा जातजाति , धर्म संस्कृतिको राजनितिक गरेर देशको भलो नहुने समेत बताउनु भएको थियो ा तराई मधेशको उर्वर भुमि उजाड बन्दै गईरहेको भन्दै राजा शाहले गम्भिर चिन्ताजनक बिषय भएको बताउनु भयो ा २०५८ सालमा आफनो परिवार भएको कहाली लाग्दो र सम्झन पनि मन नलाग्ने दुखद घटनाले बिक्ष्पित हुदांहुदै पनि आफुले सँधै देशको र देशवासीको भलो चिताएको राजा शाहले भन्नु भयो, आफुले राजदरवार परितयाग गर्दा मेरो परिवारका सदस्यहरु माथी धैरे षड्यन्त्र पुर्वक घटनाहरु भएपनि सञ्चार माध्यमहरुमा आफु देश छाडेर नजाने प्रतिक्रिया समेत दिएको स्मरण गराउँदै राजा शाहले देश र जनताको भलोको लागी मैले श्रीपेच राखेको बताउनु भयो ा राजनैतिक दलका नेताहरुको ब्यतिmवादी स्वार्थ बढ्दा , राष्ट्र प्रेम र सदायता कायम नहुदां बेथिती बढ्ने गरेको हुनाले अहिले जनतामा आका्रेश उत्पन्न भएको बताउनु भएको छ ा पहिचान र अस्तित्व गुमाएर देशलाई बिभाजनको खाडलतिर नैजानेहरुको पहिचान गरी राजनितिक दल र राजसंस्थाबीच समन्वय गरेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । पुर्व राजा शाहले हिमाल , पहाड तराई र मधेश अहिलेको परिस्थितीमा उर्वर भुमि उजाड बन्दै गईरहेको भन्दै चिन्ता ब्यतm गर्नुभएको थियो ा उर्वर मधेश भुभाग आज उजाड बन्दै गईरहेको छ, पोखरी , पानीको श्रोत ट्युबेल, कुवाँ धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी तथा मरुभुमितर्फ परिणत हुदै जानु गम्भिर बिषय भएको भन्नु भयो, उत्पादन र कृषिबाटै बिकास र समृद्धि ल्याउन सकिने क्षेत्रमा उजाड बन्नु दुभाग्यपुर्ण भएको वहाँको भनाई रहेको छ ा देशमा रोजगार नहुदां युवाहरु बिदेश तर्फ जान बाध्य भएको बताउँदै गरिबीको बिदेशिनुपर्ने बाध्यता अन्त्यको लागि जागरुप हुनुपर्ने कुरामा जोड दिनु भएको छ ा हामी हाम्रा पुर्खाको पौरखलाई नभुलौ ा यही आफनो जन्मभुमिका लागि मरिमेटौ ा हाम्रा समस्या हामी आफैले सामधान गरौं ा हामी नेपाली हौ , नेपाल रहयो भने हाम्रो पहिचान रहन्छ, देशलाई खण्डित तर्फ नलागौ , यसमा सबैको भलो हुने पुर्व राजा ज्ञानेन्द्र शाहले भन्नु भयो, नागरिक अभिनन्दन कार्यक्रममा हजारौको संख्यामा जनताहरुले नेपाली झण्डा सहित उपस्थिती रहेको थिए ा नागरिक अभिनन्दन कार्यक्रममा पुर्व रानी कोमल शाह सहित वहाँका परिवारका सदस्य सहित बिभिन्न राजापादी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि एवम् समर्थकहरुको बाक्लो उपस्थिती रहेको थियो ा पशुपति बिक्रम शाहले धन्यवाद ज्ञापन गरेको कार्यकममा बिरेन्द्र लाल नेपाली लगायत सहभागिता रहेको थियो ा