वीरगञ्ञ महानगरपालिकाको वडा नम्बर १२ मुर्ली नयाँ टोलमा रहेको नवनिर्मित मदर्सा भवनको पूर्वमन्त्री प्रदिप यादवले एक कार्यक्रमका बिच उद्घाटन गरेको छन् ।
नव निर्मित मदर्सा रिजविया ईशलाउल मुस्लेमिनको भवनको पर्सा निर्वाचन क्षेत्र १ का संघिय सांसद समेत रहेका पूर्वमन्त्री यादवले रिवन काटेर शनिवार उद्घाटन गरेका हुन् भने भवनको मुल गेटमा निर्माण गरिएको सिलालेखको समेत आवरण गरेका हुन् ।
अनजुमन सदर सैयद अंसारी एवं सेकेट्री नेजामोदिन मास्टरको अध्यक्षता एवं पूर्वमन्त्री यादवको प्रमुख आथित्यामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंह, पूर्ववडा अध्यक्ष तुफान अंसारी, नुनआलम अंसारी, नयाँ टोल स्पोर्ट क्लबका अध्यक्ष फारुख अंसारी लगायतका स्थानिय भद्र भलादमी एवं वडाका अगुवा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।