पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको सम्पन्न बैठकले यसवर्ष गौतामे पत्रकारिता पुरस्कार कास्की जिल्ला पोखरा महानगरपालिका बस्ने वरिष्ठ पत्रकार बद्री बिनोद प्रतीक खनाललाई प्रदान गर्ने निर्णय भएको सचिव हिमालचन्द्र गौतमले बताउनु भयो ा गोपालचन्द्र गौतमको पुण्यतिथि फाल्गुण २ गते एक तोला सुनको तक्मा दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको सचिव हिमलाचन्द्र गौतमले जानकारी दिएका छन् ा एक तोलाको तक्मा पुरस्कृत हुन लागेका बद्री बिनोद खनाल पाँच दशक देखी नेपाली पत्रकारितामा सक्रिय भएका ब्यतिm हुन् ा
पत्रकार प्रतीक २०३१ सालदेखि उनी अभियान साप्ताहिकबाट पत्रकारिता गर्दै आएको र अहिले पोखरा हटलाइनको प्रधान सम्पादक हुन् भने कास्की जिल्लाको विभिन्न क्याम्पसमा पत्रकारिता अध्यापन गराउँदै आएका छन् ।
स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको छ । पहिलो पुरस्कार रू १० हजार राशिबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको छ ।