
बीरगंजको बिकाश हेर्न नचाहेका केही राजनितिक दलका केही नेताहरुले प्रोपगण्डा मच्चाईरहेका छन् । दुई दशक देखी बीरगंज नगर क्षेत्र बिकाशमा फड्को मार्न सकेको थिएन् । देशको आर्थिक नगरी भनेर चिनिने तथा मधेश प्रदेशको एकल महागरपालिका बीरगंजको बिकाश बिरोधी तत्वहरु नगर प्रमुख राजेश मान सिंहको चरित्र हत्या गर्नका लागि दिन रात कसरत गरिहेका छन् । स्थानिय तहको निर्वाचनमा बीरगंज महानगरपालिकाको नगर प्रमुखमा निर्वोचित भएपछि राजेश मान सिंहको चरित्र हत्या गर्नका लागि पहिला पनि षड्यन्त्र बुनेको थियो । दुई दशक देखी रोकेको बीरगंजको बिकास मेयर राजेश मान सिंहले १९ महिनाको कार्यकालमा बीरगंजको मुहार नै फेरेपछि बिकास बिरोधी तत्वहरुलाई निन्द्रा नै लागेको छैन् । बिकाश प्रेमी भनेर मेयर सिंहको नाम चर्चामा आउन थालेपछि फेरी राजेश मान सिंह नै मेयर हुने त्रासले केही नेताहरु गोप्य कोठामा बसेर षड्यन्त्र बुनेका हुन् । आफनो कार्यकालमा बीरगंजको बिकास गर्न नसकेका नेताहरु, मेयर सिंहले गरेको बिकास पचन नसकेका नेताहरु अहिले नगर प्रमुख सिंहको चरित्र हत्या गर्नका लागि दौडधुप गरिरहेका छन् । बीरगंजको बिकासमा बाधक बन्ने तत्वहरु स“ग सम्झौता नगर्ने मेयर सिंहले राम्रो र ठुलो बिकासको परियोजना ल्याउनका लागि संघीय सरकार स“ग लडिरहेका छन् । बीरगंजको सौन्दर्यीकरण नेपालमा मात्र होईन छिमेकी राष्ट्र भारतमा पनि चर्चा भईरहेको छ । छिमेकी राष्ट्र भारतका रक्सौल, मोतीहारी छौडादान लगायतका वासिन्दाहरुले कम समयमा बीरगंज एकदम बिकास गरेको भन्ने गरेका छन् । सांझ बीरगंजको बाईपास रोड, आर्दशनगर, माईस्थान लगायतका स्थानहरु हेर्दा मन हर्षित भएको भारत मोतीहारी बिनोद तेली भने, यहांको मेयर साहेबलाई धन्यवाद दिन चाहन्छु भने, बिकासको कुरा गर्न हो भने बीरगंज धेरै नै अगाडी बढ्को बताएका छन् । अरु देशका वासिन्दाहरुले बीरगंजको बिकास प्रंशसा गर्दे हिड्का छ भने बीरगंजका केही नेताहरुले आफनो ब्यतिmगत स्वार्थ पुर्ति गर्नका लागि बिकासमा बाधक बनी मेयर सिंहलाई बद्नाम तर्फ लागि परेका छन् ।