२० औं प्रेस सेन्टर स्थापाना दिवस तथा सेन्टर नेपालको केन्द्रिय समितीको बैठक बीरगंजमा सुरु भएको छ ा आईतवार बिहान ९ बजे बसेको केन्द्रिय पदाधिकारीहरुको बैठकले केन्द्रिय समितीको बैठकमा राख्ने एजेण्डा तग गरि सकेको प्रेस सेन्टरर नेपालका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले बताउनु भयो ा
कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले सम्बोधन गर्ने कार्यतालिका छ । प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी, विभिन्न समिति र उप समिति सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला, एशोसियटलगायतका कमिटीका अध्यक्ष तथा प्रदेश पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहने र १५ गतेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० सहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा मन्त्री शक्ति बस्नेत लगायतको सहभागी हुने कार्यक्रम तय भएको छ ।