शहिदहरुको बलिदानी र त्यागको कारण देश प्रजातन्त्र , लोकतन्त्र हुदै गणतन्त्रमा पुगेको उधोग वािणज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बताउनु भएको छ ा शहिद दिवसको अवसरमा नेपाली कांग्रेश पर्साले आयोजना गरेको शदिह तेज बहादुर अमात्य र थिरधम मल्लको शालिकमा माल्यपर्ण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री रिजाजले प्रजातन्त्र र लोकतन्त्र रहेमा मात्र नागरिकहरुले स्वतन्त्र रुपमा बाच्न पाउन भएको हुनाले लोकतन्त्रलाई दिधो र स्थातित्व बनाउन आम नागरिकको दायित्व रहेको कुरामा जोड दिनु भएको थियो ा अहिले लोकतन्त्र माथी प्रहारको प्रयास भईरहेको हुनाले सर्वसाधारण नागरिकहरु सचेत हुनको लागि आग्रह गनुभएको छ ा शहिदहरुको सपना पुरा गर्नका लागि मुलुकलाई दिगो बिकाश र पारर्दशीता तर्फ अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभयो ा क्षेत्रीय् नम्बर १ का कार्यवाहक सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य जर्नादन सिंह श्रेत्री, पुर्व सांसद अनिल रुगंटा, कांग्रेश पर्साका उपसभापति रामनारायाण कुर्मी लगायतको उपस्थिती रहेको थियो ा त्यसैगरी बीरगंजका प्रजातन्त्र सेनानाीहरुलाई सम्मान समेत गरिएको थिया